FAQs Complain Problems

महालक्ष्मी नगरपालिकाको संक्षिप्त परिचय

महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । महालक्ष्मी नगरपालिकाको नामाकरण दुईवटा खोलासँग जोडिएको छ । नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । लक्ष्मी खोलाको मुहान महालक्ष्मी– १ मा रहेको चित्रेबजारबाट शुरु भई अरुण नदीमा मिसिन्छ । महामाया खोलाको मुहान पट्टेक डाँडाबाट सुरु भई अरुण नदीमा मिसिन्छ । लक्ष्मी खोला र महामाया खोलामा भक्तजन पूजा गर्ने, पाती चडाउने, वर माग्ने प्रचलन रहेको छ । स्थानीय स्तरमा, खोलामा पुजागरी वर मागे प्राप्त हुने विश्वास रहेको    छ ।

चर्चित दुई खोलाको संयुक्त नामबाट नगरपालिकाको नामाकरण गरिएको पाइन्छ । पूर्वी नेपालको प्रदेश नं.१ मा अवस्थित धनकुटा जिल्ला राजनैतिक दृष्टिले कहलिएको छ । महालक्ष्मी नगरपालिका पनि यो मामिलामा कम छैन । भौगोलिक अवस्थिति उत्तरी गोलार्धमा रहेको छ । अक्षांशको अध्ययन गर्दा २६ डिग्री, ३५ मिनेट देखि २७ डिग्री १९ मिनेट उत्तरी अक्षंश रहेको छ । देशान्तरको अवस्था हेर्दा ८७ डिग्री ८ मिनेट देखि ८७ डिग्री ३३ मिनेट (स्थानीय तह पुनःसंरचना आयोग) पूर्वी देशान्तरमा अवस्थित रहेको छ । जनसांख्यिक अवस्थालाई हेर्दा राष्ट्रिय जनगणना, २०६८ अनुसार २४८०० रहेको छ । नगरको क्षेत्रफल १२६.३ वर्ग.कि.मि रहेको छ । जनघनत्व १९७ जना रहेको छ । राष्ट्रियस्तरको तुलनामा बढी रहेको छ । नगरक्षेत्रको भौगोलिक संरचना हेर्दा धनकुटा जिल्लाकै सवैभन्दा अग्लो ठाउँ पटेकडाँडा, २६९६ मि., सवैभन्दा होचो स्थान, दमारवेशी २५० मि. औषत उचाई १४७३ मि.(ग्रामपाश्र्व चित्र २०६८) रहेको छ । तापक्रमको अवस्था अधिकतम २३.८३ सेन्टीग्रेड, न्यूनतम ४.४६ सेन्टीग्रेड, औषत १४.१५ सेन्टीग्रेड (ग्राम पाश्र्वचित्र) रहेको छ । मूलतः उष्ण कटिवन्धीय, न्यानो उपोषण, ठण्डा समशितोषण हावापानी पाइन्छ । यो क्षेत्रमा वर्षा पर्याप्त मात्रमा हुनेगरेको छ । अधिकतम वर्षा ४६८.९ मिलिमिटर, न्यूनतम फाटफूट हुनेगरेको छ । औषत वर्षा २३४.५ मिलिमिटर हुनेगरेको छ । महालक्ष्मी नगरपालिकाको प्रशासनिक केन्द्र जितपुर बजारमा रहेको छ । कुल नौवटा वडामा विभाजन भएको छ । नगरपालिकाबाट प्राप्त हुने अधिकांश सेवा÷सुविधा वडाबाट प्रवाह हुन शुरु भएको छ । नगरपालिकाको पूर्वी सीमाना, तेह«थुम जिल्ला, पश्चिम भोजपुर जिल्ला÷अरुण नदी, उत्तर संखुवासभा जिल्ला, दक्षिण पाख्रीवास गरपालिका, छथर गाउँपालिका (महामाया खोला) रहेको छ । नगरपालिकाको आर्थिक अवस्था कमजोर रहेको छ । आन्तरिक कर असुली नगन्य छ । आन्तरिक करको दर थोरै छ । दायरा साँघुरो छ । आन्तरिक आम्दानी करिव दशलाखको हाराहारीम रहेको छ । महालक्ष्मी नगरको बजारको पहुँच, सिंधुवा, रामबजार, पाख्रीवास, हिले, धनकुटा तेह«थमु, धनकुटा धरान, इटहरी, विराटनगर, चैनपुर, खाँदवारी, मुढेशन्चिरे आदि सँग रहेको छ । बजारसँगको समबन्धको आधार, कृषिज उपज, खद्यन्न, तत्ताकपडा, औषधी, उपचार, स्वास्थ्य शिक्षा रहेको छ ।